आईजीपी नियुक्ति प्रकरण : एआईजी पोखरेलको रिट ‘हेर्दाहेर्दै’मा

आईजीपी नियुक्ति प्रकरण : एआईजी पोखरेलको रिट ‘हेर्दाहेर्दै’मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाई लम्बिएको छ । नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआइजी पोखरेलले दायर गरेको रिटमाथि बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पहिलो सुनुवाई सुरु भएको थियो ।

सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै पाेखरेलले उक्त निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए । तर, सरकार पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहसको क्रम अझै नसकिएकाले मुद्दा बिहीबारसम्मलाई हेर्दाहेर्दैमा राखिएको हो ।

सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।