आईजीपी नियुक्ती विवादमा : पोखरेल र थापा अदालत जाने तयारीमा

आईजीपी नियुक्ती विवादमा : पोखरेल र थापा अदालत जाने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेसंगै प्रहरीमा विवाद सुरु भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछी उनिभन्दा सिनियर प्रहरी अधिकारीहरु अदालत जाने भएका छन् ।

सिंहकै ब्याचका भएपनि उनिभन्दा एआईजीमा विश्वराज पोखरेल १६ महिना र अर्का एआईजी सहकुल थापा ११ महिनाअघि एआईजी बनेका थिए । तर, सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले जुनियरलाई आईजीपी नियुक्त गरेपछी उनिहरु दुवै जना अदालत जाने तयारीमा छन् । तर, सरकारले भने सोमबार अदालत नखुल्नुभन्दा नै सिंहलाई दज्र्यान्ही चिन्ह्र लगाउने तयारी गरेको छ ।