सरकारले मानवअधिकार उल्लंघनको आरोपीलाई आईजीपी बनायो : मिहिर ठाकुर

सरकारले मानवअधिकार उल्लंघनको आरोपीलाई आईजीपी बनायो : मिहिर ठाकुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले मानव अधिकार उल्लंघनका दोषीलाई सरकारले नेपाल प्रहरीको आईजीपीमा बनाएको आरोप लगाएका छन् ।

बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह मानव अधिकार उल्लंघनका आरोपी रहेको दावी गरेका हुन् ।

उनले मानव अधिकार उल्लंघनका आरोपीलाई आईजीपी नियुक्त गरिनु राज्यसत्ताको दुरुपयोग हुने समेत बताए । उनले आईजीपी सिंहमाथि मानवअधिकार उल्लंघनको आरोपमा अनुसन्धान भइरहेको समेत बताए ।