सरकारले आजै आईजीपी नियुक्त गर्दै, प्रहरीको २७ औं आईजीपी बन्ने सौभाग्य ज्ञवालीलाई


काठमाडौं – सरकारले नेपाल प्रहरीको महानिरीक्षकको नियुक्ती सोमबार गर्ने भएको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधीको कारण भोलीबाट अनिवार्य अवकास पाउंदैछन् । नेपाल प्रहरीको २७ औं आईजीपी वन्ने सौभाग्य भने डिआईजी ठाकुर ज्ञवालीले पाउंदैछन् । खनाल २०७४ फागुन २८ मा आईजीपी नियुक्त भएका थिए ।

यसपटक पनि सरकारले नेपाल प्रहरीको नेतृत्व डिआईजीबाटै बनाउंदैछ । प्राविधिकतर्फ नेपाल प्रहरीमा एक मात्र एआईजी डा.आशा सिंह छन् । उनलाई निमित्त दिएर पछि ज्ञवालीलाई आईजीपी बनाउनेबारे छलफल भएपनि अन्तिममा आजै वस्ने मन्त्रिपरिषदको वैठकले ज्ञवालीलाई नै महानिरीक्षक बनाउंदैछ । उनि ३० वर्षे सेवाअवधी नहटे जम्मा पांच महिनाका लागी प्रहरी महानिरीक्षक बन्नेछन् । ३० वर्षे नहटेको खण्डमा उनी आगामी असार २४ मा अवकासमा जानेछन् ।

गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार ४ वस्ने मन्त्रिपरिषदको वैठकले प्रहरी महानिरीक्षकको टुंगो लगाउनेछ । आईजीपी खनालले दिलिप विष्ट प्रकरणको टुंगो लगाउंछु भन्दै पदावधी थपको लागी लविङ गरेपनि अन्तिममा उनी सफल भएनन् ।

खनालले प्रहरी महानिरीक्षकको रुपमा राम्रो काम गर्न नसकेको भन्दै उनको चर्को आलोचना हुंदै आएको थियो ।  आईजीपी खनाल निर्मला पन्त बलात्कार प्रकरणको अनुसन्धान गर्न नसकेको, खरिद प्रक्रियामा अनियमितता भएको, विप्लवका स्थानिय नेता कुमार पौडेलको फेक इन्काउण्टर गर्न निर्देशन दिएको, सरकारको परराष्ट्रनीति विपरित भारतलाई समर्थन गरेको र सन्दिग्ध चिनियांसंग उठबस गरेको भन्दै बिवादमा रहे ।

प्रतिक्रिया दिनुहोस
Advertisement