प्रहरी महानिरीक्षक हटाउन नेकपाभित्र छलफल सुरु

प्रहरी महानिरीक्षक हटाउन नेकपाभित्र छलफल सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको छ ।

आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् ।

बर्खास्त गर्न तत्काल सम्भव नभए आईजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बतायो । आजको कारोबारको दैनिकमा छापिएको छ ।