जनकपुरबाट सांसद यादवलाई काठमाडौं ल्याएको पुर्व आईजिपी खनालले स्विकारे

जनकपुरबाट सांसद यादवलाई काठमाडौं ल्याएको पुर्व आईजिपी खनालले स्विकारे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका भर्खरै अवकासप्राप्त महानिरीक्षक सर्वेन्द्र खनालले जनकपुरमा गएर समाजवादी पार्टीका सांसदलाई भेटेर संगै काठमाडौं आएको  स्विकार गरेका छन् । संघिय समाजवादी पार्टीका नेताहरु बावुराम भट्टराई र उपेन्द्र यादवले आफ्ना सांसद सुरेन्द्र यादवलाई खनालसहित सांसदहरु महेश बस्नेत र किशनलाल श्रेष्ठले अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप लगाईरहेको बेला खनालको यस्तो भनाई आएको हो ।

खनालले आफुले सांसद यादवको अपहरण गरेको समाचार झुटो भएको बताएका छन् । तर उनले बुधवार यादवको घरमा पुगेको र काठामाडौं समेत एउटै गाडीमा फर्केको स्विकार गरेका छन् । उनले काठमाठौं फर्कदा प्रदेश सांसद कौशल यादव र उनका भिनाजुसमेत एउटै गाडीमा रहेको बताए ।

सांसद यादवले पनि आईजीपी खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोजेको भनेर आफुलाई भनेको बताएका छन् । उनले आफुलाई काठमाडौंबाट खनालसहित सांसदहरु वस्नेत र श्रेष्ठ लिन  आएको जानकारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समेत जनकपुरबाट दिइसकेको खुल्न आएको छ ।

खनाल पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त पदमा नियुक्त हुन लविंगमा लागेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुसी पारेर आयुक्त हुन खनाल अराजनैतिक काममा लागेको स्रोतको दावी छ । सांसद यादवले लकडाउन खुलेपछि भेट्ने बताएपनि आईजिपी खनालसहितको टोली एक्कासी जनकपुर आएको देख्दा आश्चर्यमा परेको बताएका छन् ।

खनालको यो कदमको सर्वत्र विरोध भएको छ । प्रहरीमा हुंदा पनि खनाल विवादमा आइरहने प्रहरी अधिकारी हुन् ।