प्रहरी चौकीको स्तर वृद्धि गर्ने अाइजीपी खनालकाे घाेषणा

प्रहरी चौकीको स्तर वृद्धि गर्ने अाइजीपी खनालकाे घाेषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली–प्रहरी महानिरीक्षक (अाइजीपी) सर्वेन्द्र खनालले बन्दीपुर गाउँपालिकास्थित प्रहरी चौकीको स्तरवृद्धि गरिने प्रतिबद्धता जनाएका छन्।

चौकीको निरीक्षण गर्दै आज महानिरीक्षक खनालले ‘ख’ श्रेणीको उक्त चौकीलाई स्तरवृृद्धि गर्ने प्रतिबद्धता जनाएका हुन्।

नेपालकै पर्यटकीय गन्तव्यका रुपमा रहेको बन्दीपुरको सुरक्षा अवस्था मजबुद बनाउनुपर्ने  खनालको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बन्दीपुर चौकीको अवस्थाका बारेमा जानकारी  गराएका थिए।

वार्षिक एक लाखभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक आउने बन्दीपुरमा सुरक्षा अवस्था संवेदनशील रहेको भन्दै प्रहरी चौकीको स्तरवृद्धि गर्न बन्दीपुर गाउँपालिकाले समेत माग गरेको थियो । विसं २०७२ को भूकम्पका कारण प्रहरी चौकी भवनमा क्षति पुगेको थियो।

गाउँपालिकाले उक्त भवन भत्काई नयाँ आधुनिक पर्यटकमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न अाइजीपी खनालसमक्ष माग गरेको थियो ।