पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन नदिने अाइजीपीकाे उद्घाेष

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन नदिने अाइजीपीकाे उद्घाेष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन–नेपाल प्रहरीका अाइजीपी सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताएका छन्।

पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आज आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उनले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए ।

शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्न पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी, लफङ्गा र अवाञ्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन उनले  निर्देशन दिए।

सकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न यहाँका व्यवसायी लागेका छन् । यहाँ आउने पर्यटकको सुरक्षा थप मजबुत बनाउन टाँडी प्रहरीलाई सात मोटरसाइकल, १० रेडियो सेट र एक थान बेस सेट उपलब्ध गराएको छ । प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको सो सामग्री प्रहरी प्रमुख खनालले स्थानीय प्रहरीलाई हस्तान्तरण गरे।