विप्लवको गतिविधि नियन्त्रण गर्न समुदायसँगको सहकार्य आवश्यक : आईजीपी खनाल

विप्लवको गतिविधि नियन्त्रण गर्न समुदायसँगको सहकार्य आवश्यक : आईजीपी खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विप्लव समूहको गतिविधी प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै समुदायसँगको सहकार्य जरुरी रहेको बताएका छन् ।

शुक्रबार प्रहरी हेर्डक्वाटरमा सञ्चारकमीहरुसँग कुराकानी गर्दै महानिरीक्षक खनालले प्रहरीले समातेर कारागारमा पठाउने तर कारागारबाट बाहिर निस्कँदा सुधार हुनुको साटो झन् ठुलो अपराधी बनेर निस्कने भएकाले विप्लवका गतिविधी नियन्त्रण गर्न समुदायसँगको सहकार्य जरुरी रहेका बताएका हुन् ।

उनले अहिलेसम्म प्रहरीले विप्लव समूहका १५१४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको र एक हजार ३ सय १३ जनालाई मुद्धा चलाइएको पनि पनि जानकारी दिए ।

महानिरीक्षक खनालले नेपाल प्रहरीमा रहेका सबै संगठनले आ–आफ्नो काम कारबाही पारदर्शी ढंगले गरेको बताए ।

महानिरीक्षक खनालले ७ जना विदेशीसहित १ जना नेपाली बाल यौनदुराचारीलाई समात्न सफल भएको प्रति अन्तरराष्ट्रिय जगतले समेत नेपाल प्रहरीको उल्लेख्य योगदान रहेको बताउँदै प्रशंसा गरेको बताए ।