काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण रद्ध भएको छ ।
नेपालमा रहेर आपराधिक गतिविधिमा संलग्न चिनियाँविरुद्ध चीनसँगको समन्वयमा नेपाल प्रहरीले अपरेसन गरिरहेका बेला अपरेसन फितलो भएको र प्रचारबाजी मात्र बढी भएको भन्दै सरकारले आईजीपी खनालको चीन भ्रमणमा जान राेकेकाे हो ।
गृहमन्त्री रामबहादुर थापा र आईजीपी खनालसहितको टोली यही पुस २१ गते चीन भ्रमण जाने कार्यक्रम थियो । मन्त्रिपरिषद् बैठकले आईजीपी खनाललाई चीन नपठाउने निर्णय गरेको हो ।
यसअघि आईजीपी खनालको भारत भ्रमण, अमेरिका जाने प्रस्तावसमेत मन्त्रिपरिषद्ले रोकेको थियो ।




प्रतिक्रिया