जस्तो सुकै चुनौतिको सामना गर्न तयार हुनुस् : आईजीपी खनाल

जस्तो सुकै चुनौतिको सामना गर्न तयार हुनुस् : आईजीपी खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई प्रशिक्षणको क्रममा दिइने व्यवहारिक एवम् सैद्धान्तिक ज्ञान, सीप आगामी कार्यक्षेत्रमा अत्यन्तै उपयोगी हुने भएकोले त्यस्ता ज्ञान, सीप सकारात्मक सोचका साथ पूर्णरुपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई दिएको जिम्मेवारी दृढता पूर्वक सम्पन्न गर्न सक्छु र हरेक दिएका जिम्मेवारीहरु पूर्ण निष्ठाकासाथ पुरा गर्छु भन्ने भावनाको विकास गर्नुपर्ने बताउँदै संगठनको गरिमा, प्रतिष्ठालाई थप उच्च बनाउनको लागि तालिममा अत्यन्तै निपूर्णताका साथ उत्कृष्टता हासिल गर्नुपर्ने बताए ।

वोली, वचन एवम् व्यवहारमा उत्कृष्ट प्रदर्शन गर्दै शान्ति सुरक्षा कायम राखी राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न जस्तो सुकै चुनौतिको सामना गर्न तयार रहने व्यक्तित्व विकास गर्नेतर्फ अग्रसर हुन प्रशिक्षार्थीलाई आग्रह गरे ।

नेपाल प्रहरीको मेरुदण्डको रुपमा रहेको प्रहरी निरीक्षक दर्जामा सेवा प्रवेश गरी राष्ट्रको सेवा गर्न पाउनु ठूलो अवसर रहेको उल्लेख गर्दै यसको गरिमा र महत्वलाई आत्मसाथ
गरी आगामी दिनमा दत्तचित्त एवम् उच्च अनुशासित भएर तालिम निपूर्णतासाथ हासिल गर्न महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिए ।

उपलब्ध साधन स्रोतबाटै अत्यन्तै परिस्कृत खालको प्रहरी सेवा प्रदान गर्नुपर्ने उल्लेख
गर्दै प्रहरी महानिरीक्षक खनालले तालिममा प्रशिक्षक वर्गले समय सापेक्ष प्रशिक्षण शैलीकासाथ प्रशिक्षण प्रदान गर्दै आगामी दिनमा आउन सक्ने चुनौतिहरुको सामना गर्न सक्ने तथा हरेक किसिमले प्रविधिमैत्री हुन सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।