प्रहरीभित्र अनियमितता गर्नेलाई छाडिन्न : आईजीपी खनाल

प्रहरीभित्र अनियमितता गर्नेलाई छाडिन्न : आईजीपी खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियानकै रुपमा संचालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित युवा परिचालन वर्ष–२०७६ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी खनालले अहिले ट्राफिक नियन्त्रणका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएर काम गरिरहेको बताउँदै ट्राफिक व्यवस्थापनका लागि युवा जनशक्तिको परिचालन गरिएको जानकारी दिए ।

आईजीपी खनालले प्रहरी संगठनभित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता नभएको र भएको पाइए कडा कारवाही गर्ने चेतावनी दिए । उनले ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको बताउँदै सडकमा दिनरात खटिने ट्राफिक प्रहरीको दर्दनाक अवस्था देखेर भत्ताको व्यवस्था मिलाइएपछि सडकमा काम गर्न जाँदा ट्राफिक जवानहरु उत्साहित भएको बताए ।