यात्रुलाई गन्तव्यसम्म सुरक्षीत पुर्याउन आइजीपी खनालको चालकलाई आग्रह

यात्रुलाई गन्तव्यसम्म सुरक्षीत पुर्याउन आइजीपी खनालको चालकलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी महानिरीक्षक सवेन्द्र खानलले बाटोमा संयमतापूर्वक बस चलाएर यात्रुलाई गन्तव्यसम्म र्पुयाउनु चालकको कर्तव्य भएको बताउँदै सवारी चालकहरुलाई जिम्मेवारीपूर्वक सवारी चलाउन आग्रह गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा चालकलाई सम्मान गर्दै आइजीपी खनालले दसैंको समयमा बस दुर्घटना भएको सुन्नु नपर्नेगरी सवारी चलाउन बस चालकहरुलाई आग्रह गरे ।

सडकको अवस्था कमजोर हुँदाहुँदै पनि संयमतापूर्वक सुरक्षित सवारी चलाउनेहरुले सबैलाई सकारात्मक सन्देश दिएको खनालको भनाइ छ । ‘सडक सुरक्षाको विषयमा राष्ट्रपति, प्रधानमन्त्रीसहित सबै सांसदहरुको चासो रहेको छ,’ उनले भने, ‘बस चालकको हालतमा सयौं यात्रुको जीवन हुने भएकाले चालकहरुले अझ बढी संयमता अपनाउनु पर्छ ।’

डाक्टरको हातमा एकपटकमा एक जना बिरामी हुने भन्दै खनालले भने, ‘बस चालकको हातमा एकैपटक ४०–५० भन्दा बढी यात्रु हुन्छन् । त्यसैले यात्राको क्रममा चालक भगवान हुनुपर्ने हुन्छ ।’ दसैंको समयमा धेरै मानिस सहरबाट गाउँतर्फ जाने भएकाले यात्रुको चाप अधिक हुँदा चालक धेरै जिम्मेवार हुनुपर्छ । आईजीपी खनालले प्रहरीलाई दसैंको समयमा संयमितरुपमा काम गर्न निर्देशन दिए ।

महाशाखाले यात्रुबाहक बस चलाउँदा हालसम्म कुनै पनि दुर्घटना नगराएका विभिन्न क्षेत्रमा बस चलाउने ७ जना चालकलाई सम्मानित गरेको हो ।