आईजिपी खनालले निर्मला प्रकरणमा गल्ती स्विकारे

आईजिपी खनालले निर्मला प्रकरणमा गल्ती स्विकारे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु – नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार पछिको हत्यामा प्रहरीको त्रुटि भएको स्विकार गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महानिरिक्षक खनालले त्रुटि गर्ने प्रहरीलाई निलम्बन गरिएको र हदैसम्मको कार्वाही हुने बताएका छन् ।

नेपाल प्रहरीमा खराब ब्यक्तिलाई कुनै स्थान नदिईने भन्दै कार्वाही गरेर प्रहरीको छवि उच्च पार्ने समेत बताए । उच्च स्तरीय प्रविधिको अभावका कारण निर्मला प्रकरणको दोषिपत्ता लगाउन समस्या भएको भन्दै उनले छिट्टै अपराधीहरुको पहिचान गर्ने दाबी गरे। जनताको प्रहरी बनाउने आफ्नो मिसन रहेको उल्लेख गर्दै महानिरिक्षक खनालले बलात्कारका घटना न्युनिकरणमा सबैको हातेमालोको आवश्यक्ता रहेको औँल्याए ।

केही ब्यक्तिका कारण सिंगो संगठन बद्नाम भईरहेको भन्दै सुनकाण्डका ठूला माछा खोज्ने अभियानमा रहेको महानिरिक्षक खनालले जानकारी दिए । लापरबाही गर्ने ठेक्केदारलाई तह लगाउने अभियान नरोकिएको भन्दै उनले निर्माण क्षेत्रको दादागिरी अन्त्य गर्ने उद्घोष गरे ।