काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जुनसुकै प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै । आईजीपी खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण ‘गम्भीर चोट’ पुगेको भन्दै त्यस्ता प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
आईजीपी खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक पूरा गर्न मातहतका निकायलाई निर्देशन समेत दिएका थिए । खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाइका साथ नियन्त्रण गर्ने दृढता व्यक्त गरे ।




प्रतिक्रिया