आईजीपी खनालले गरे त्रिभुवन विमानस्थल निरीक्षण


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । केही समय अघि मात्र एक्कासी विमानस्थल पुगेका आईजीपी खनालले एक्सरे मेसिनदेखि विमानस्थल भित्रका सम्पूर्ण क्रियाकलापको बारेमा जानकारी लिएका हुन् ।

विमानस्थलबाटै विदेशी तथा स्वदेशी नागरिकहरुले सुन तथा विभिन्न सामानहरुको अवैध तस्करी गरिरहेको समाचार आइरहेका बेला आईजीपी खनालले निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा आईजीपी खनालले विमानस्थलका सम्भावित आपराधिक क्रियाकलाप रोक्नका लागि विमानस्थल प्रहरीलाई निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement