काठमाण्डु – नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीद्वय धिरजप्रताप सिंह र राजु अर्यालले दज्र्यानी चिह्न लगाएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित समारोहमा गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले नेपाल प्रहरीका आईजीपी सिंह र सशस्त्रका अर्याललाई दर्ज्यानी चिह्न ‘फुली’ लगाइदिएका हुन् ।
अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियर सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।
वरीयता मिचेर उनको बढुवा भएसँगै नेपाल प्रहरीमा विवाद सुरु भएको छ । वर्तमान आईजीपी शैलेश थापा क्षेत्र ३० वर्षे सेवा अवधिका कारण आइतबार राति १२ बजेदेखि अवकाशका गएका छन् ।




प्रतिक्रिया