आईजीपी नियुक्तिविरुद्धको रिट न्यायाधीश सुस्मालता माथेमाको इजलासमा

आईजीपी नियुक्तिविरुद्धको रिट न्यायाधीश सुस्मालता माथेमाको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीमा आईजीपी नियुक्तिविरुद्ध असन्तुष्ट एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । गत सोमबार सर्वोच्च अदालतमा दर्ता भएको सो मुद्दामा सुनुवाइ गर्न आज बुधबारका लागि पेसी तोकिएको हो ।

उक्त मुद्दा न्यायाधीश सुस्मालता माथेमाको इजलासमा परेको छ । नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय बदर गरेर आफूलाई आईजीपी नियुक्त गर्न निवेदक पोखरेलले माग गरेका छन् ।

उनले सरकारको निर्णय अदालतको नजिर, सिद्धान्त र प्रहरी संगठनको मूल्य–मान्यताको प्रतिकूल स्वेच्छाचारी एवं गैरकानुनी निर्णय रहेको निवेदनमा दाबी गरेका छन् ।

आफू ज्येष्ठ र बढुवाका सम्पूर्ण आधारमा सबैभन्दा बढी अंक प्राप्त गरेकाले आफूलाई वरिष्ठता कायम हुने गरी तत्काल बढुवा गर्न उनले परमादेश माग गरेका छन्।