काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति भएका शैलेश थापा क्षेत्री दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।
नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बिहिबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी थापालाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् ।
सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । बिहीबारबाटै थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।




प्रतिक्रिया