चुनावमा त्रुटिरहित तवरले जिम्मेवारी निभाउन प्रहरीलाई आईजीपी सिहंको निर्देशन

चुनावमा त्रुटिरहित तवरले जिम्मेवारी निभाउन प्रहरीलाई आईजीपी सिहंको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो जिम्मेवारी निष्पक्ष र त्रुटिरहित तवरले निर्वाह गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले पुरा गर्न निर्देशन दिएका हुन्।

उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए । प्रहरीलाई कानुनको परिधिभित्र रही अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा कठोरता अपनाउन उनले निर्देशन दिए ।

साथै उनले गैरकानुनी तथा आपराधिक क्रियाकलापविरुद्ध निर्मम हुन पनि निर्देशन दिए ।