कार्यवाहक आईजीपीको जिम्मेवारी एआईजी शाहीलाई

कार्यवाहक आईजीपीको जिम्मेवारी एआईजी शाहीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन टर्की प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन उनी आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रहरी महानिरीक्षक क्षेत्री टर्की गएसँगै कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरज शाहीलाई दिइएको छ ।

आइतबार आईजीपी थापासँगै एआईजी प्रधुम्न कार्कीसहितको टोली टर्की प्रस्थान गरेको हो । कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी वरिष्ठ एआईजी हरि पाल हुँदा हुँदै कनिष्ठ एआईजी शाहीलाई दिइएको हो ।