काठमाडौं – अन्ततः इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड नेपालमा नहुँने भएको छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले काठमाडौंमा आईफा अवार्ड नहुने लगभग पक्काकपक्की भएको र त्यसको घोषणा मात्रै हुन बाँकी रहेको बताए ।
उनले संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने स्पष्ट पारे ।
उनले भने, ‘संसदीय समितिले नै आईफा अवार्ड नगर्न निर्देशन दिएपछि अवार्ड हुने कुरै भएन, अवार्डबारे थप निर्णय भने पर्यटन मन्त्रालयले नै गर्छ’ उनले भने ।
आईफा अवार्ड गर्नका लागि सरकारले लगभग १ अर्ब रुपैयाँ बेहोर्ने खबर सार्वजनिक भएसँगै यसको चौतर्फी विरोध सुरु भएको थियो ।




प्रतिक्रिया