आइफा अवार्डबारे बोले सञ्चारमन्त्री, के हो वास्तविकता ?

आइफा अवार्डबारे बोले सञ्चारमन्त्री, के हो वास्तविकता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् ।

सोमबार चलचित्र विकास बोर्डको १९औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

साउनदेखि बक्स अफिस देशभरि पूर्णरुपमा लागू हुने स्पष्ट पार्दै मन्त्री बाँस्कोटाले नेपाली चलचित्रको विकासका लागि सरकारले सधैं काम गर्ने जनाए ।

मन्त्री बाँस्कोटाले विदेशी टेलिभिजन च्यानलहरुमा क्लिन फिड जसरी पनि लागू हुने बताए । ‘यो कुरा मेरो दिमागमा पहिले नै आएको थियो । सरकार क्लिन फिडको विषयमा स्पष्ट छ,’ बाँस्कोटाले भने, हामीसँग ब्याक गियर भन्ने नै छैन, क्लिन फिड जसरी पनि लागू हुन्छ ।’

मन्त्री बाँस्कोटाले कुनै पनि काम गर्दा विरोध आउनु स्वभाविक नै भएको बताए ।