काठमाण्डु- नेकपा माओवादी केन्द्रले इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ ।
माओवादीले इलाम २ मा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको हो ।
इलाम-२ मा १५ बैशाखमा उपनिर्वाचन हुनेभएको छ । सत्ता गठबन्धनमा आवद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु र एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले भने हाल उम्मेदवार घोषणा गरेको छैन । उम्मेदवार टुंग्याउनको लागि नेपाली कांग्रेस लगातार छलफलमा जुटेको छ ।




प्रतिक्रिया