यी हुन् इलाम-२ मा उम्मेदवारी दर्ता गराउने २० जना

यी हुन् इलाम-२ मा उम्मेदवारी दर्ता गराउने २० जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बैशाख १५ गते हुने इलाम- २ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, राप्रपाका लक्ष्मी गुरुङ, नेपाली जनता दलका रेशम बहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बु, जनमत पार्टीबाट प्रेम कुमार थाम्सुहाङ, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, राप्रपा नेपालका गणेश बहादुर चौहान राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह र एकीकृत समाजवादीबाट जित बहादुर राई रहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरुमा अर्जुन बहादुर शाही, केशव कुमार चापागाई, डकेन्द्र सिंह लिम्बु, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।