माइभ्याली सामुदायिक वनकाे ३९ लाख हिनामिना, तत्कालीन अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

माइभ्याली सामुदायिक वनकाे ३९ लाख हिनामिना, तत्कालीन अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अवैध रुपमा रुख कटानी गरी ३९ लाख ३४ हजार १०४ रुपैयाँ हिनामिना गरेको अभियोगमा इलामको इलाम नगरपालिका–११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

 कार्कीलाई ३९ लाख, ३४ हजार १०४ रुपैयाँ बिगो माग गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अध्यक्ष कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाउन लागेको, लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफू खुसी कारोबार गरी आर्थिक अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनको समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरु आफैले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैंक खाताबाट रकम भुक्तानी लिई समूहको रकम रु ३० लाख ७८ हजर ६ सय वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरी वन उपभोक्ता समूहको रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी ८ लाख ५५ हजार ५०४ रुपैयाँको वन विनास गरी अवैध घाटगद्दी गरेर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएको अनुसन्धानका क्रममा खुलेको थियो।

यस्तै, समूहको बैंकमा खातामा समितिका अध्यक्ष डोल बहादुर कार्कीसहित कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतबाट खाता संचालन भएको र कोषाध्यक्ष लोक्तामले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले उनलाई पनि प्रतिवादी बनाइएको छ।