विदेश जान लिइने भाषाको परीक्षा सञ्चालन गर्न प्रशासनको अनुमति

विदेश जान लिइने भाषाको परीक्षा सञ्चालन गर्न प्रशासनको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले लकडाउनका कारण रोकिएका विभिन्न भाषाको परीक्षा सञ्चालनको अनुमति दिएको छ । प्रशासनले (IELTS)आइएल्स, TOEFL (टोफेल), GRE (जिआरइ), GMAT (जिम्याट) जस्ता परीक्षा सञ्चालनको अनुमति दिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत लुमा श्रेष्ठले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा का कारण रोकिएका त्यस्ता परीक्षा सञ्चालनको अनुमित दिएको जानकारी दिइन् ।

प्रशासनले शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसार परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । अब विदेश जानका लागि लिइने विभिन्न भाषाको परीक्षा सञ्चालनको अनुमति पाएको हो ।