आईएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा पुनर्वास नगरपालिकामा

आईएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा पुनर्वास नगरपालिकामा


कंचनपुर – आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडको पुनर्वास नगरपालिकामा नयाँ शाखा बिस्तार गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाको प्रमुख आतिथ्यमा आईएमई लाइफ इन्श्योरेन्स कम्पनीको नयाँ शाखा विस्तार गरेका हुन् ।

मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताको लागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरे ।

सोही क्रममा कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए । उक्त शाखाबाट सुदुर पश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरुलाई सहज रुपमा आई. एम. ई लाईफ इन्स्योरेन्सले प्रदान गरिरहेको जीवन बीमा सम्बन्धि बिभिन्न सेवाहरु अझैसुदृढ र सक्षम हुने कुरामा कम्पनि बिश्वस्त रहेको कुरा कम्पनिका सुदुर पश्चिमका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले बताए ।

चाँडै नै आइपिओ मार्फत सर्वसाधारणलाई शेयर बिक्रि गर्न लागेको आई. एम. ई लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत फुयालले सर्वसाधारण जनसमुदायमा जिवन बिमाको सुलभताको लागि अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिए ।

हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप—शाखा संचालनमा छन् । कम्पनीमा हाल २,०७,४३४ बीमित छन् भने २३,४१४ अभिकर्ता कार्यरत छन् ।