नेपालको आर्थिक वृद्धिदर ४.२५ रहने आईएमएफको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.२५ रहने आईएमएफको प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।

यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले आर्थिक वृद्धिदरको सुरूवाती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४.१प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

आईएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ। आईएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो। तर हाल उक्त प्रक्षेपणलाई घटाएर ५ प्रतिशत सीमित गरिएको छ। सरकारले भने आर्थिक वर्ष २०७९ र ८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।

त्यस्तै आईएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ। मुद्रास्फीति सन् २०२२ मा ६.३ प्रतिशत र सन् २०२३ मा ७.७ प्रतिशत रहने आईएमएफको सुरूवाती अनुमान थियो। तर अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा ८.१ प्रतिशत र २०२३ मा ७.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

रासस