वासिङटन – कोरोना भाइरसको संकटका कारण विश्व आर्थिक मन्दीमा प्रवेश गरिसकेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टलिना जार्जीवाले बताएकी छन् ।
उनका अनुसार यो संकटबाट मुक्ति पाउनका लागि विश्वभरीका विकसित अर्थतन्त्रहरुले ठूलो रकमका सहयोग गर्नु आवश्यक छ ।
यो संकटबाट उम्किनका लागि संयुक्त प्रयासको आवश्यकता भएको विश्वभरीका शीर्ष नेताले स्वीकार गर्नु राम्रो कुरा भएको उनले बताइन् । उनले भनिन्,‘यो स्पष्ट छ कि हामी आर्थिक मन्दीमा प्रवेश गरिसकेका छौ । विश्वभरीको अर्थतन्त्र एकाएक रोकिएको छ । यस संकटबाट बाहिरिनका लागि ठूलो धनराशीको आवश्यकता छ ।’
हाल सम्म ८० भन्दा बढी देशले यो विश्वव्यापी संस्थाले आपतकालिन सहयोगको याचना गरिसकेको उनले बताइन् । यो विश्वव्यापी मन्दीको असर दुई कुरामा निर्भर रहन्छ । पहिलो कोरोनाको असर कहाँ सम्म र कतिको पर्छ । र दोस्रो विश्वभरीका शीर्ष नेतृत्व यससँग जुझ्नका लागि कस्तो संयुक्त प्रयास गर्नेछन् ।
यदी विश्वभरी कोरोनाभाइरसमाथि नियन्त्रण प्राप्त गर्न सकिएमा यो मन्दी सुधार हुन सम्भव भएको उनले बताइन् ।
जार्जीवाले भनिन्, ‘हामी २०२१ मा सुधारको आशा गर्न सक्छौं । यदी हामी प्रत्येक क्षेत्रमा भाइरस नियन्त्रण गर्न सफल भयौं भने र तरलताको समस्या भएन भने वास्तवमै सुधार शानदार हुनेछ ।’




प्रतिक्रिया