पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कहाँ हुँदैछ, हिमपात र बर्षा ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कहाँ हुँदैछ, हिमपात र बर्षा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आज बेलुकासम्ममा यस चक्रवातमा परिणत भई मंगलबारसम्ममा अति धेरै शक्तिशाली चक्रवात बन्ने देखिएको छ। उक्त चक्रवातको केही असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी क्षेत्रका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १, बागमती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

सो प्रणालीका कारण मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ ।