पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – गोपनियता ऐन अन्तर्गत गठन गरिएको विशेष अदालतले मंगलबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ।

उनको पार्टी पीटीआईले एक विज्ञप्तिमा भनेको छ, ‘पूर्व प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमूद कुरैशीलाई झुटो साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ र न त मिडियालाई पहुँच दिइएको छ न त यसको ट्रायल सार्वजनिक गरिएको छ।’

“कानूनी टोलीले निर्णयलाई उच्च अदालतमा चुनौती दिनेछ र आशा छ कि सजाय निलम्बन हुनेछ।” इमरान खानलाई यस्तो बेलमा सजाय सुनाइएको हो जब पाकिस्तानमा आगामी फागुन ८ गते आम निर्वाचन हुँदैछ ।

सिफर प्रकरणमा खानमाथि कूटनीतिक कागजात रहेको आरोप छ । खानले यी कागजातहरू फिर्ता नगरेको आरोपपत्रमा भनिएको छ ।