इमरान खानले भने- ‘ममाथि फेरि पनि घातक हमला हुनसक्छ’


एजेन्सी – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तर्वार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

केही दिन अघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी पीटीआईको लङ मार्चका क्रममा एक व्यक्तिले उनीमाथि प्राणघातक हमला गरेपछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो ।

यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो । सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु भएको थियो । यसपछि इमरान खान र उनको पार्टीले पाकिस्तानका वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र पाकिस्तानी सेनाका वर्तमान जनरललाई यस हमलाको जिम्मेवार ठहर गरेका छन्।

यस विषयमा फ्रान्स २४सँग कुरा गर्दै इमरान खानले आफ्नो ज्यान खतरामा रहेको बताएका छन् । इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ । मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ । यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ । त्यसैले तिनीहरू मलाई समाप्त गर्न चाहन्थे। ”

उनले भने, “यो खतरा कायमै छ किनभने यी मानिसहरूले मलाई हटाउन चाहेको कारण यो हो कि मेरो पार्टी हाल पाकिस्तानमा सबैभन्दा लोकप्रिय पार्टी हो। हामीले ७५ प्रतिशत उपनिर्वाचन जितेका छौं । ”

प्रतिक्रिया दिनुहोस
Advertisement