मुस्लिम समुदायमाथिको ज्यादतीविरुद्ध कदम चाल्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

मुस्लिम समुदायमाथिको ज्यादतीविरुद्ध कदम चाल्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद – भारतमा हिंसा चर्किएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तर्रा्ष्ट्रिय समुदायलाई भारतमा मुस्लिम समुदायमाथिको ज्यादतीविरुद्ध ’कदम चाल्न’ आग्रह गरेका छन् ।

प्रधानमन्त्री खानले ट्विटरमा भनेका छन्, “आज हामीले भारतमा देखेका छौं कि नाजी-प्रेरित आरएसएस सिद्धान्तअनुसार अर्बौं मानिस भएको मुलुकलाई आणविक-अस्त्र भएको मुलुक बनाउँदै छन् । जातीवादी सिद्धान्तमा आधारित भएको घृणाको भावमा हेरिन्छ, त्यसको परिणाम रक्तपात नै हुन्छ ।“

प्रधानमन्त्री खानले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भनेका थिए, “एकपटक ’जिनी’ (एक प्रकारको प्रेत) बाहिर आयो भने रक्तपात थप बढ्नेछ । त्यसको सुरुवात भारत प्रशासित जम्मु काश्मीर हो । भारतको निशानामा अहिले २० करोड मुस्लिम छन् । विश्व समुदायले अहिले नै कदम चाल्नुपर्छ ।“

प्रधानमन्त्री इमरान खानले आफ्नो देशमा सबै समुदायका मानिसहरु समान भएको बताएका छन्। खानले ट्वीटमार्फत पाकिस्तानमा गैर–मुस्लिममाथि कसैले आक्रमण गरे त्यस्ता व्यक्तिलाई कडा कारवाही हुने चेतावनी दिएका छन्।