आइएमएस ग्रुप अन्तर्गत स्याङयोङ गाडीको नयां सोरुम पोखरामा

आइएमएस ग्रुप अन्तर्गत स्याङयोङ गाडीको नयां सोरुम पोखरामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्याङयोङ गाडी नेपालका लागी एक मात्र आधिकारीक वितरक रहेको आइएमएस ग्रुपकोआइएमएस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ ।

यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर“ समेत ल्याएको छ । स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ । पुर्ब बजेट मुल्यमा ५००,००० सम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्याम्संग ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा समेत प्रदान गर्नेछन्  ।

३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म ) सुलभ इ एम आइ
१ बर्षको निशुल्क रोड ट्याक्स
१ बर्षको निशुल्क बिमा
५ बर्ष निशुल्क सर्भिसिंग
निशुल्क एक्स्यासरिज ( २५००० सम्म )

ग्राहकहरुले स्याङयोङ प्रति गरेको विश्वासका लागि हामी आभारी छौ । पोखरामा पनि कोरियन लक्जरी एस यु भी सुविधा प्रदान गर्न पाउँदा हामी निकै खुशी छौं । आइ एम एस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले भने ।

स्याङयोङको बारेमा : स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको छ्र सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ् हो । कम्पनिसंग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र एमपीभीहरू छन् । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।