काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन् । सरकारमा भागभण्डा लिन खोजेको आरोप लागेपछि विवादमा फसेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराबारे धारणा तय गर्न सर्वोच्चका बहुसंख्यक न्यायाधीशहरु छलफलमा जुटेका हुन् ।
न्यायाधीश हरिकृष्ण कार्कीको कक्षमा जारी न्यायाधीशहरुको बैठकमा प्रधानन्यायाधीश जबरालाई बहिष्कारदेखि इजलासमा नै बस्न नदिनेसम्मका विषयमा छलफल भइरहेको निकट स्रोतले जनाएको छ ।
जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले मन्त्रिमा नियुक्त भएको तीन दिन नपुग्दै राजीनामा दिइसकेका छन् । यद्यपी प्रधानन्यायाधीश जबराको संकट भने टरेको छैन ।
राणाले राजनीतिज्ञसँग ‘वार्गेनिङ’ गर्दै सरकार पनि चलाउन खोजेको भन्दै वरिष्ठ अधिवक्ताहरुले राजीनामा दिन पनि माग गरेका छन् । यता पूर्वन्यायाधीशहरुको संगठनले समेत उनीमाथि तत्काल छानविन थाल्नु पर्ने माग गरेको छ ।
अधिवक्ता डा. दिनेश त्रिपाठी, शम्भु थापा, मुक्ति प्रधान, ओमप्रकाश अर्याललगायतले प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा नदिए उनलाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।
संविधानवादको मूल आत्मामाथि नै प्रहार गरेको, शक्ति पृथकीकरण ध्वस्त पारेर सरकारसँग राणाको अपवित्र साँढगाँठले न्यायापालिकामाथिको जनविश्वासमा नै आघात पुगेको कानूनविद्हरुको ठहर छ ।




प्रतिक्रिया