जनकपुर – नेकपा एमालेको ओली पक्षका युवा संघ नेपालले जनकपुरमा विरोध प्रदर्शन गरेको छ । आइतबार युवा संघका नेता कार्यकर्ताहरुले अपराह्न जनकपुरधामस्थित रेल्वे स्टेसनबाट जुलुस निकाली नगरको विभिन्न भागमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले ‘केपी बा अघि बढ्नुस् साथ दिन हामी तयार छौं, केपी ओली जिन्दावाद, गठबन्धनका नेताहरु मुर्दावाद’ सहितका नारा लगाएका छन् । साथै उनीहरुले प्रदर्शनका क्रममा विपक्षी दलका नेताहरुको पुत्ला समेत जलाएका थिए ।
उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधवकुमार नेपालको पुत्ला जलाएका हुन् ।




प्रतिक्रिया