स्याङ्जा – जिल्लाको पुतलीबजार नगरपालिका–२ काभ्रेमा एक पुरुषले आफ्नै अण्डकोष काटेका छन् । काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले बुधबार साँझ घाँस काट्ने हाँसी प्रयोग गरेर आफनै अण्डकोष काटेका हुन् ।
आफैंले अण्डकोष काटेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल स्याङजा लगिएको थियो । जिल्ला अस्पताल स्याङजामा केही उपचारपछि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा. आषिश बस्ताकोटीले जानकारी दिए ।
आमा, बुवा, दाजु, भाउजुसहित संयुक्त परिवारमा बस्दै आएका उनका १२ वर्षीया एक छोरी छन भने पत्नी ६–७ बर्षअघि दोश्रो विहे गरेर गएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया