काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहले २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय निर्वाचन आयोगमा बुझाएकाे छ।
बुधबार दिउँसो नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधानले आफुहरु बैधानिक नेकपा भएको दावी गर्दै निर्वाचन आयोगमा पुगेर पार्टीको निर्णय र हस्ताक्षर बुझाएका हुन् ।
साथै उनीहरुले मंगलबारको केन्द्रीय समिति बैठकको निर्णय, उपस्थित संख्या, ओलीलाई बैठक बोलाउन कात्तिकमा प्रचण्डसहितका ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा ओलीले लेखेको १० पृष्ठको पत्र, प्रचण्डले कात्तिक २८ गते सचिवालयमा पेश गरेको १९ पृष्ठको राजनीतिक प्रस्ताव, त्यसको जवाफमा ओलीले मंसिर १३ गते लेखेको ३८ पृष्ठको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा उनीहरुले नेकपा र सूर्य चिन्ह आफूहरुको हुने समेत बताए ।




प्रतिक्रिया