भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण

भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफलतापूर्वक अवतरण गराएको छ । बुधवार साँझ चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो )ले एलबीएम ३ एम ४ वाहनले चन्द्रयान–३ लाई १ हप्ताअघि पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

इसरोको प्रक्षेपणअनुसार नै यान अगस्ट २३ साँझ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । भारत चन्द्रमामा पुग्ने विश्वको चौथो राष्ट्र बनेको छ । यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा सफलतापूर्वक यान अवतरण गराएका छन् ।