छत्तीसगढमा भारतीय सुरक्षा बलको कारवाहीमा २६ माओवादीको मृत्यु

छत्तीसगढमा भारतीय सुरक्षा बलको कारवाहीमा २६ माओवादीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको छत्तीसगढको जंगलमा भएको सुरक्षा बल र माओवादी नक्सलवादीहरूको भिडन्तमा २६ जना नक्सलवादीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भिडन्तमा १ सुरक्षाकर्मीको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

कारवाहीलाई छत्तीसगढमा अहिलेसम्मकै ठूलो नक्सलविरोधी अपरेसनका रूपमा लिइएको छ । पछिल्लो ५० घण्टाभन्दा बढी समयदेखि अपरेसन जारी छ । डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का जवानहरूले बीजापुर, दन्तेवाडा, नारायणपुर र कोंडागाँव जिल्लाहरूको सिमानासँगैको बाक्ला जंगलमा संयुक्त रूपमा कारबाही गरेका छन् ।

अपरेसनमा १ करोड रूपैयाँ इनाम तोकिएको नक्सली कमाण्डर राजुको समेत मृत्यु भएको बताइएको छ । उनी बस्तर क्षेत्रमा नक्सली गतिविधिको ‘मास्टर माइन्ड’ मानिएका थिए । सुरक्षाकर्मीहरूमाथि भएका धेरैजसो घातक हमलाहरूको योजना उनैले बनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।