भारतको उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा सिंह नियुक्त

भारतको उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा सिंह नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत सरकारले सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) का अधिकारी अनिश दयाल सिंहलाई उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।

उनी आन्तरिक सुरक्षा, जम्मु–कश्मीर, पूर्वोत्तर राज्यहरू र नेपालको सुरक्षा सम्बन्धी विषयमा जिम्मेवारी लिने भएका छन् ।

सिंहले करीब ३० वर्षसम्म भारतको गुप्तचर निकाय इन्टेलिजेन्स ब्युरो (आईबी) मा सेवा गरेका थिए । त्यसबाहेक उनले भारतका प्रमुख सुरक्षा निकायहरूमा नेतृत्व समेत गरेका छन् ।

उनले नेसनल सेक्युरिटी गार्ड (एनएसजी), केन्द्रीय रिजर्व प्रहरी बल (सीआरपीएफ), इन्डो–तिब्बत सीमा प्रहरी (आईटीबीपी) र सीमा सुरक्षा बल (एसएसबी) का प्रमुख पदमा रही अनुभव हासिल गरेका थिए ।

सिंहको लामो सुरक्षा अनुभवलाई मध्यनजर गर्दै भारत सरकारले उनलाई उच्चस्तरीय जिम्मेवारी दिएको बताइएको छ । उनको नियुक्तिलाई भारतको आन्तरिक सुरक्षा सुदृढीकरण, संवेदनशील राज्यहरूमा शान्तिसुरक्षा कायम राख्ने र छिमेकी मुलुकहरूसँगको सुरक्षा समन्वयका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

विशेषगरी जम्मु–कश्मीर र पूर्वोत्तर भारतका संवेदनशील क्षेत्रसँगै नेपालसँगको सुरक्षा सम्बन्धी मामिलामा सिंहको भूमिका निर्णायक हुने अनुमान गरिएको छ ।

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रहेका छन् । सिंहले उनको सहयोगी भएर काम गर्ने भएका छन् ।