ओमानको तटमा भारतीय जहाजमाथि आक्रमण, भारतद्वारा कडा निन्दा

ओमानको तटमा भारतीय जहाजमाथि आक्रमण, भारतद्वारा कडा निन्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्डियाले ओमानको तट नजिक भारतीय व्यावसायिक जहाजमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्यपूर्वमा बढ्दो द्वन्द्वबीच समुद्री मार्गको स्वतन्त्रता र सुरक्षाको महत्व पुन उजागर भएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले विज्ञप्ति जारी गर्दै होर्मुज जलक्षेत्रमा व्यापारिक जहाजहरूलाई लगातार निशाना बनाइएकामा भारतले गम्भीर चिन्ता व्यक्त गरेको बताए।

विज्ञप्तिमा ओमानको तटमा भारतीय जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै व्यावसायिक ढुवानी र निर्दोष चालकदललाई लक्षित गर्ने गतिविधि तत्काल रोक्नुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार ओमानका अधिकारीहरूले गरेको उद्धार प्रयासपछि जहाजमा रहेका सबै भारतीय चालकदल सदस्यहरू सुरक्षित रहेका छन्। भारतले उद्धार कार्यका लागि ओमानी अधिकारीहरूलाई धन्यवाद पनि दिएको छ।

भारतले अन्तर्राष्ट्रिय जलक्षेत्र होर्मुजमा सञ्चालन हुने समुद्री व्यापार मार्ग र नागरिक कर्मचारीहरूको सुरक्षालाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

घटना मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र समुद्री सुरक्षामाथि बढ्दो चिन्ताका बीच भएको हो। यसअघि युनाइटेड किंगडम मेरिटाइम टे्ड अपरेशन (यूकेएमटीओ) ले संयुक्त अरब इमिरेट्स नजिक एउटा जहाज कब्जामा परेको रिपोर्ट सार्वजनिक गरेको थियो।

यूकेएमटीओका अनुसार जहाजको कम्पनी सुरक्षा अधिकारीले केही अनधिकृत व्यक्ति जहाजमा चढेर नियन्त्रणमा लिएको जानकारी दिएका थिए। उक्त जहाज पछि इरानी क्षेत्रीय जलतर्फ गएको बताइएको छ।

यूकेएमटीओले घटनाको अनुसन्धान जारी रहेको जनाउँदै खाडी क्षेत्रमा सञ्चालन हुने जहाजहरूलाई उच्च सतर्कता अपनाउन र कुनै पनि शंकास्पद गतिविधिबारे तुरुन्त जानकारी दिन आग्रह गरेको छ।