गुजरातमा सामुद्रिक आँधीको भय : सम्भावित नोक्सानी रोक्न जल सेना तयारी अवस्थामा

गुजरातमा सामुद्रिक आँधीको भय : सम्भावित नोक्सानी रोक्न जल सेना तयारी अवस्थामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको गुजरात राज्यमा सामुद्रिक आँधी आउनुअघि जोखिमयुक्त क्षेत्रका झण्डै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।  अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टा गतिमा अघि बढेको भारतीय मौसम विभागले जनाएको छ।

विभागका अनुसार उक्त आँधी गुजरातको तटसँग ठोक्किने छ। जसबाट ४ सय ८ गाउँका ६० लाख बासिन्दा प्रभावित हुनेछन्। उक्त आँधीको डरले गुजरातको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगेको छ। सो क्षेत्रमा रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको छ।

सम्भावित नोक्सानी रोक्न वायु सेना, जल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएका छन्। पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। त्यसैगरी रेल सेवा तथा पाँचवटा विमानस्थलको हवाई सेवा २४ घण्टाका लागि बन्द गरिएको छ।

भारतको मौसम विभागका अनुसार मंगलबार अरब सागरबाट सुरु वायु आँधी उत्तरतर्फ आउने क्रममा छ । भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज (बिहीबार) नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।