भारतको ८ राज्यका २९ विमानस्थल बन्द

भारतको ८ राज्यका २९ विमानस्थल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारत–पाकिस्तान तनाव बढेपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू बन्द गरिएका छन्। जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशका २९ विमानस्थलहरू मे १० सम्म बन्द रहने छन् ।

यी विमानस्थलहरू मुख्य रूपमा भारतका उत्तरी, पश्चिमी र केन्द्रीय भागहरूमा अवस्थित छन् । कुनै आन्तरिक र कुनै अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् । बिहीबार दिल्ली विमानस्थलका ९० उडानहरू रद्द गरिएका थिए ।

पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो । सो हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।

पाकिस्तानले भारतमाथि ड्रोन आक्रमण गरेपछि नागरिक उड्डयन विभागले नयाँ एडभाइजरी जारी गरेको छ। अब यात्रुहरूले दोहोरो सुरक्षा जाँच गर्नुपर्नेछ। यस सम्बन्धमा एयर इन्डिया, अकासा, स्पाइसजेट र इन्डिगो एयरलाइन्सले पनि ३ घण्टा अगाडि विमानस्थलमा पुग्न आग्रह गरेका छन्।

श्रीनगर विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ। जम्मू कश्मीर, पञ्जाब, हरियाणा, राजस्थान र गुजरातका सीमावर्ती जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन्।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको जवाफमा भारतले पाकिस्तान र पीओकेमा रहेका ९ आतंकवादी अड्डाहरूमा हवाई हमला गरेको थियो। यसमा १०० भन्दा बढी आतंककारीहरू मारिएका थिए।

बन्द गरिएका विमानस्थलहरू

जम्मु, धर्मशाला, हिन्दन, ग्वालियर, किसनगढ, श्रीनगर, अमृतसर, पटियाला, सिमला, गग्गल, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, लेह, लुधियाना, भुन्तर, भटिण्डा, मुन्द्रा जामनगर, राजकोट, पोबन्दर, कांडला, केशोद, भुज र चण्डीगढ ।
विमानस्थल बन्दले गर्दा इन्डिगो, एयर इन्डिया, स्पाइसजेट लगायत प्रमुख एयरलाइन्स कम्पनीहरुले सयौं उडानहरू रद्ध गरेका छन् ।

ती हवाई कम्पनीहरुले आफ्ना यात्रुहरूलाई यात्रा योजना पुनः मूल्यांकन गर्न र सम्बन्धित एयरलाइन्सहरूको आधिकारिक सूचना च्यानलहरूबाट अद्यावधिक जानकारी प्राप्त गर्न सल्लाह दिएका छन् ।