भारतमा रक्सीमा ७० प्रतिशत कोरोना शुल्क

भारतमा रक्सीमा ७० प्रतिशत कोरोना शुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा रक्सी किन्दा खुद्रा मूल्यको ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको छ।

लकडाउनपछि सोमबारदेखि रक्सी पसल खुल्न थालेपछि मानिसहरुको अत्याधिक भीड जम्मा भएको थियो । रक्सी किन्नेको भीड हटाउन प्रहरी परिचालन गर्नु परेको थियो ।

कोरोना शुल्क लगाएपछि मदिरा सेवन निरूत्साहित हुने दिल्ली सरकारको आशा छ । भारतमा ४६ हजार ४ सय ३७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ मानिसको मृत्यु भएको छ ।