‘असहज’ अवस्थामा अमेरिका जाँदै मोदी

‘असहज’ अवस्थामा अमेरिका जाँदै मोदी


काठमाण्डु-इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा र जोर्डनका राजा अब्दुल्लाहपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चौथो विदेशी नेता हुन् जो अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित भएपछि ह्वाइट हाउस प्रवेश गर्दैछन् ।

ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि विभिन्न देशमा कर लगाउने घोषणा गरे पनि भारत यसबाट अहिलेसम्म बच्दै आएको छ । यद्यपी ट्रम्पले अमेरिका आयात हुने स्टील र एल्युमिनियममा कर लगाएका छन् । भारतले यी दुबै धातुको निर्यात अमेरिकामा गरिरहेको छ ।

राष्ट्रपति बनेपछि ट्रम्पले धेरै मोर्चामा भारतलाई असहज गरेका छन् । तर नरेन्द्र मोदीको सरकारले त्यसको सतर्कतापूर्वक प्रतिक्रिया दिएको छ । यसै महिनाको सुरुमा अमेरिकाले १०४ भारतीय अप्रवासीलाई अमेरिकाको सैन्य विमानमार्फत भारत पठाएको छ । यी भारतीयहरूको हाथ र खुट्टामा हथकड़ी लगाइएको थियो ।

भारतले अमेरिकी उत्पादनहरूमा आयात शुल्क कम गरोस् ट्रम्पको इच्छा छ । पछिल्लो दुई वर्षदेखि भारतको अर्थव्यवस्था मन्द गतिमा छ । यसकारण अमेरिकासँग ‘ट्रेड सरप्लस’ भारतका लागि जरुरी बनेको छ । यसका अतरिक्त भारतलाई अमेरिकी लगानी पनि आवश्यक छ ।

राष्ट्रपतीय निर्वातनका क्रममा टन्म्पले भारतमा पनि कर लगाउने धम्की दिएका थिए । तर राष्ट्रपति बनेपछि उनले क्यनाडा, मेक्सिको र चीन जस्तै भारतमा कर लगाउने घोषणा गरेका छैनन् ।

प्रधानमन्त्री मोदी अमेरिका उड्नु अघि केही सकर्तकता अपनाएका छन् । उनको सरकारले अमेरिकी बाइक कम्पनी हार्ले डेविससनलाई कर कम गर्ने घोषणा गरेका छन् । साथै, भारतले अमेरिकी ह्विस्की र अन्य उत्पादनमा पनि आयात शुल्क कम गर्ने संकेत दिएको छ ।

ग्लोबल ट्रेड रिसर्च इनिसिएटिवका संस्थापक अजय श्रीवास्तवका अनुसार भारतले कÞरिब ७५ प्रतिशत अमेरिकी उत्पादनमा ५ प्रतिशतमात्र कर लगाउँछ । उनले भारत ‘ट्यारिफ किंग’ नरहेको कुरा भारतले अमेरिकालाई भन्न सक्नु पर्ने बताउँछन् । हालैका वर्षमा भारतले रूसी हथियारमाथि निर्भरता कम गरेको छ भने अमेरिकासँग रक्षा साझेदारी बढाएको छ ।

भारतले परमाणु जवाबदेही कानुनमा संशोधन गर्दै १०० गीगावाट परमाणु ऊर्जा उत्पादन गर्ने फैसला गरेको छ । यसका लागि पनि अमेरिकी कम्पनीहरू नै फाइदा लिने छन् ।

अमेरिकाले दस्तावेज नभएका भारतीय कामदारलाई जसरी फिर्ता पठाएको छ, यसबाट विपक्षी दलहरूले भारतको अपमान भएको बताउँ आएका छन् । तर मोदी सरकारले यस आलोचनाको जवाफ अत्यन्तै धैर्यताका साथ दिएको छ ।

ट्रम्पलाई भारतको हितमा प्रहार गर्न कसरी रोक्ने विषय मोदीका लागि मुख्य चुनौती बनेको जानकारहरू भन्छन् । अमेरिकासँग भारतको व्यापार घाटा ४५ अर्ब डलर छ । तर यस मामिलामा एकतर्फी हुने भन्ने मुडमा छैन ।

२७ जनवरीका दिन राष्ट्रपति टम्पले भारतका प्रधानमन्त्री मोदीसँग फोनमा कुराकानी गरेका थिए । कुराकानीका क्रममा ट्रम्पले मोदीलाई ह्वाइट हाउसमा आमन्त्रित गरे । कुराकानीकै क्रममा ट्रम्पले भारतले अमेरिकासँग अरु धेरै रक्षा उपकरण खरिद गरोस् र द्विपक्षीय व्यापारलाई सन्तुलित गरोस् भन्ने प्रस्ताव गरेका थिए ।

भारतले अमेरिकाबाट धेरैभन्दा धेरै रक्षा उपकरण किनोस् भन्ने ट्रम्पको चाहना र रक्षा उपकरण आफै बनाउने विषयले दुवै देशको नीतिमा टकराव आएको छ ।

अमेरिकाको नेशनल सिक्युरिटिमा साउथ एंड सेन्ट्रल एशियाका उच्च निर्देशक लीजा कर्टिसले भने, ‘मोदीको मेक इन इन्डिया र ट्रम्पको अमेरिका फÞस्र्ट नीतिमा कहिं न कहिं सीधा टकराव छ ।’

अमेरिकासँग रक्षा व्यापार भारतका लागि निकै चुनौतीपूर्ण छ । कतिपय विश्लेषकहरूका अनुसार ट्रम्पलाई खुशी बनाउनु भारतका लागि सजिलो छैन ।