काठमाण्डु – भारतको नयाँ सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे नियुक्त भएका छन् ।
अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि भारत सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको हो । पाण्डेले १ मे बाट सेना प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।
सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ इन्जिनियर्समा भर्ती भएका पाण्डे भारतीय सेनाको २९ औं सेना प्रमुखमा नियुक्त भएका हुन् । उनि इन्जिनियर्स कप्र्सबाट सेनापति बन्ने पहिलो भारतिय सेनाका अधिकारी हुन् ।
पाण्डेले पश्चिम थिएटरको इन्जिनिरिङ ब्रिगेड, लद्दाख क्षेत्रको पहाडी डिभिजन र नेपालसंग सीमा जोडिएको पूर्वोत्तर कप्र्सको कमाण्ड समेत गरेका छन् । त्यसका साथै उनी यसअघि अन्डमान तथा निकोबार कमाण्डको प्रमुख समेत थिए । पाण्डेले अपरेशन पराक्रमको बेला पलानवाला क्षेत्रको इन्जिनियर रेजिमेन्टको कमाण्डरको रुपमा समेत काम गरेका थिए ।
बेलायतबाट स्टाफ कलेज गरेका पाण्डेले चीनसंग सीमा जोडिएको पश्चिम लद्दाखमा समेत काम गर्नुका साथै सैनिक मुख्यालयमा बसेर महत्वपूर्ण जिम्मेवारी समेत सम्हालेका छन् ।




प्रतिक्रिया