भारतले लगायो बंगलादेशी तयारी कपडा र खाद्यवस्तु आयातमा प्रतिबन्ध

भारतले लगायो बंगलादेशी तयारी कपडा र खाद्यवस्तु आयातमा प्रतिबन्ध

भारत हुँदै नेपाल र भुटान जाने सामानमा लागू रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतले बंगलादेशबाट हुने केही वस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको छ । तयारी पोशाक, प्रशोधित खाद्य वस्तु, फल, प्लास्टिक, कपास, रंग र फर्निचरजस्ता वस्तुमाथि भारतले शनिबारदेखि रोक लगाएको हो ।

भारतको वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले यस सम्बन्धमा सूचना जारी गर्दै प्रतिबन्ध तत्काल लागू भएको बताएको छ ।

डीजीएफटीले जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ । योसँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट पाइनेछैन ।

भारतले रोक लगाएपछि बंगलादेशबाट तयारी पोशाकको आयात कुनै पनि स्थल बन्दरगाह (जस्तै आसम, मेघालय, त्रिपुरा, मिजोरम र पश्चिम बंगालको चांगरबांधा र फूलबारी) बाट गर्न पाइने छैन । यी वस्तुको आयात अब केवल मुम्बईको न्हावाशेवा र कोलकाताको समुद्री बन्दरगाहबाट मात्र गर्न अनुमति दिइनेछ ।

डीजीएफटीका अनुसार बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा यी बन्दरगाह प्रतिबन्ध लागू हुँदैन् । तर यो प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानमा लागू हुने छैन ।

यो प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशका सामानमा भने लागू नहुने सूचनामा जनाइएको छ । डीजीएफटीका अनुसार अब बंगलादेशले नेपाल र भुटान बाहेक अन्य देशमा भारतको बाटो हुँदै सामान निर्यातमा कडा प्रतिबन्ध व्यहोर्नुपर्नेछ ।

यसैगरी बन्दरगाह प्रतिबन्ध बंगलादेशका माछा, एलपीजी ग्यास, क्रस्ड स्टोन (गिट्टी) र खाद्य तेलको आयातमा पनि लागू हुनेछैन ।

भारतको यो कदम बंगलादेशले भारतीय निर्यातमा लगाएको उच्च शुल्क र आयात निरीक्षणजस्ता प्रतिबन्धको जवाफमा उठाइएको बताइएको छ ।

साथै, बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनूसले भारतको पूर्वोत्तर राज्यहरूबारे चीनमा दिएको विवादास्पद बयानले पनि यो निर्णयलाई प्रभावित गरेको मानिन्छ ।

चीनमा युनुसले बंगलादेशसँग करिब १ हजार ६०० किलोमिटरसम्म जोडिने भारतका सात पूर्वोत्तर राज्यलाई समुद्रसम्म पुग्ने बाटो नभएको अभिव्यक्ति दिएका थिए ।

समुद्रीबाटोका लागि भारतका ती राज्यहरु बंगलादेशमा निर्भर छन् । युनुसले बंगलादेश सो क्षेत्रमा हिन्द महासागरको एकमात्र संरक्षक भएको जिकिरसमेत गरेका थिए ।

युनुसले चीनलाई बंगलादेश हुँदै विश्वभर आफ्ना सामान पठाउनका लागि आह्वान समेत गरेका थिए, जसलाई भारतले गम्भीरतापूर्वक लिएको थियो ।

भारत र बंगलादेशबीच व्यापारका लागि भारतको पूर्वोत्तर राज्यमा ११ ट्रान्जिट प्वाइन्ट छन् । तीमध्ये तीन आसाममा, दुई मेघालयमा र ६ त्रिपुरामा छन् ।

भारतले यसअघि बंगलादेशमाथि कारबाही स्वरुप ट्रान्सशिपमेन्टको सुविधा फिर्ता लिएको थियो । बंगलादेशलाई यो सुविधा भारतले सन् २०२० मा दिएको थियो । यो सुविधा प्रयोग गरी बंगलादेशले दिल्लीको विमानस्थलसहित भारतका कयौं बन्दरगाह र हवाईअड्डा प्रयोग गरेर आफ्ना सामान पश्चिम एशिया, युरोप लगायतका देशसम्म पुर्‍याउँथ्यो ।