छिमेकी देशलाई भारतको धम्की: सीमा अतिक्रमण गरे दण्डित हुनुपर्छ

छिमेकी देशलाई भारतको धम्की: सीमा अतिक्रमण गरे दण्डित हुनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय गृहमन्त्री अमित शाहले सीमा अतिक्रमण गर्नेलाई कडा कारबाही गर्न धम्की दिएका छन् ।

उनले आफ्नो सम्बोधनमा भने, ‘प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको सिमानामा भएको कुनै पनि हस्तक्षेपलाई सजाय दिइनेछ । कसै–कसैले भनेका थिए कि अमेरिका र इजरायल एक मात्र देशहरू थिए जुन आफ्ना सैनिकहरूको रगतको हरेक थोपा बदला लिन इच्छुक र सक्षम थिए । मोदी जीले भारतलाई त्यो सूचीमा जोडेका छन ।’

‘त्यस्ता घटनाहरू हाम्रो समयमा पनि भए’ उनले मोदी सरकारको पहिलो कार्यकालमा उरी र पुलवामामा भएको आतंकवादी हमलालाई उल्लेख गरेका छन् ।

‘मोदी जीले एक छिन पनि ढिलाइ गरेनन् । सर्जिकल र एयर स्ट्राइकको आदेश दिएर उनले पाकिस्तानभित्र आतंककारीहरूलाई सजाय दिने काम गरे । भारतको बोर्डरमा छेडछाड गर्नु बच्चाको खेल होइन, अन्यथा तपाईं दण्डित हुनुपर्छ ,’ शाहले भने।

हाल भारतको नेपालको कालापानी, चीनको लद्दाख र पाकिस्तानमा जम्मु कश्मिरलाई लिएर सीमा विवाद चर्किरहेको छ ।